मकवानपुरका तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ जेष्ठ २३,आईतवार ०८:३६

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपािलका वडा नम्वर ७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र २४ वर्षीय ठाकुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रिमालका अनुसार, उनीहरुलाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले मकवानपुरको राकिसराङ गाउँपालिका वडा नम्वर ५ बोटबारीस्थित सडकखण्डबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध गाँजा १२ किलो ३०० ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबही अगाडि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*