औषधी व्यवसायीमाथि गोली प्रहार

तु खबर संवाददाता
२०७८ जेष्ठ २३,आईतवार ०८:२३
file photo

जनकपुरधाम । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधी व्यवसायी घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक वर्ष ४० का रामसागर साफीमाथि गोली प्रहार गरिएको हो ।

उनीमाथि शनिबार राति पौने ८ बजेको समयमा पसलमा बसिरहेको अवस्थामा अज्ञात समूहले दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको छ ।

गोली प्रहारबाट घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*