होम आइसोलेशनमा बस्नेको संख्या ९७ हजारमा झर्यो

तु खबर संवाददाता
२०७८ जेष्ठ १८,मंगलवार १९:११

मकवानपुर । होम आइसोलेशनमा बस्नेको संख्या ९७ हजारमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ८ हजार ६२६ जनाबाट आज ९७ हजारमा झरेको मन्त्रालयको भनाइछ ।

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या घट्दै गएको पनि मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भइरहेको छ भने निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ ।

त्यसैगरी, मकवानपुरमा पनि संक्रमितको संख्या घट्दो छ । ७५ प्रतिशत भन्दामाथि रहेको संक्रमण दर अहिले ३५ प्रतिशतमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*