बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द

तु खबर संवाददाता
२०७८ बैशाख २०,सोमबार १६:३१
file photo

काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले बैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् ।

त्यस्तै, मन्त्रीपरिषद् बैठकले यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*