बिहिबार सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७७ फाल्गुन ६,बिहीबार १४:३०
file-photo

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

भाउ घटेसँगै नेपाली बजारमा बिहिबार सुनको भाउ प्रतितोला ८९ हजार २०० रुपैयामा कारोबार भइरहेको छ । यसअघि बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।

यस्तै, बिहीबार तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*