नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन राजधानी काठमाडौँमा सुरु

तु खबर संवाददाता
२०७७ फाल्गुन ५,बुधबार १२:४०

मकवानपुर । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन राजधानी काठमाडौँमा सुरु भएको छ ।

‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरेका हुन् ।

खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ ।

विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उद्घाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*