हेटौंडा–६ का कामधेनु सहकारीको २२ औं साधारण सभा सुरु

तु खबर संवाददाता
२०७७ माघ ८,बिहीबार १६:०७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चुच्चेखोलास्थित कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा आजबाट सुरु भएको छ ।

आजबाट सुरु भएको साध ३ दिनसम्म चल्ने उक्त साधारण सभाको जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक समिति सदस्य हिमाल पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको सभाध्यक्षता भएको हो ।

कार्यक्रममा सहकारीका सल्लाहकार बासुदेव सापकोटा, निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल, सहकारीका लेखा संयोजक केदार गौतम, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ६ का अध्यक्ष केशव धिताल, बाल जागृती युवा वर्ष मावि हेटौँडा ६ का प्रधानाध्यापक गोपाल चन्द्र भट्टराई सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहकारीका लेखा संयोजक केदार गौतमले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन, सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत प्रतिवेदन, ॠण उप समिति संयोजक उदयप्रकाश दहाल र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*