मानबसेवा आश्रम हेटौंडालाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७७ पुष १५,बुधबार ०९:०८

मकवानपुर । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ९ स्थित नारायणी बहुउद्देशयीय सहकारी संस्थाले मंगलबार मानबसेवा आश्रम हेटौंडालाई खाद्यान्न सहयोग गरेको छ ।

सहकारीले आफ्नो २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रमको छौठौं दिन मंगलबार मानबसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा पुगेर खाद्यान्न सहयोग गरेको हो ।

संस्थाले आश्रमलाई दाल, चामल, पिठा, तेल लगायत अन्य खाद्यान्न सामग्री सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष रामहरी न्यौपानको अध्यक्षतामा भएको खाद्यान्न सहयोग कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतित्थ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*