जनकल्याण सहकारीको २४ औं साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७७ पुष ११,शनिबार १४:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित न्युरेनिमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पुस १ गतेबाट सुरु भएको साधारण सभा शनिबार (आज) समापन भएको हो।

कार्यक्रम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा हेटौंडा –६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा भएको हो ।

सभाको समापन समारोहमा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष वासुदेव अधिकारी,जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष विष्णुमाया लामा,संस्थाका सल्लाहाकार बद्रि पाठक,चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ,जनकल्याण बचत तथा ऋण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई,न्युरेनि चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*