पत्रकार पुडासैनीमाथि भएको अभद्र व्यवहारप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

तु खबर संवाददाता
२०७७ जेष्ठ २८,बुधबार ०९:४१

मकवानपुर । तु–खबर डटकमका सामाचार प्रमुख बलराम पुडासैनीमाथि मंगलबार भएको अभद्र व्यवहारप्रति प्रेस युनियन मकवानपुरले भत्सना गरेको छ ।

मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथमा युरिया मलको लागि लाइनमा बसिररहेका किसानहरुको समाचार संलकन गर्न गएका पत्रकार पुडासैनीमाथि एक अराजक व्यक्तिले बिनाकारण अभद्र व्यवहार गरेको घटनाप्रति प्रेस युनियन मकवापुरले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियन मकवानपुरले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति आपती जनाएको छ । युनियनले जारी गरेको विज्ञप्तीमा पत्रकार पुडासैनीलाई अभद्र व्यवहार गर्ने व्यक्ति हेटौंडा–९ का रमेश गेलाल रहेकोले उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको माग गरिएको छ ।

विश्वभर कोरोना भाइरसको जोखिम बढीरहेको बेला अग्रपंत्तिमा रहेका सूचना सम्प्रेशन गर्न पुगेका प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुखसमेत रहेका पुडासैनीमाथि मंगलबार अभद्र व्यवहार भएको थियो ।

हेर्नुहोस् विज्ञप्ती ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*